
चर्चित भारतीय टेलिसिरियल कुमकुम भाग्यमा नेपालमा हुर्केर पढेकी श्रुति झा ले काम गर्छिन् ।
उनी नेपाली हुन् या हैन्न भनेर बहस चलेपनि बेला बेलामा उनी नेपालको समर्थनमा बोलिरहेकी हुन्छन् ।
भुकम्पको बेला नेपाललाई सहयोग गरौं भनेर अभियान नै चलाएकी प्रज्ञा कि रिल लाईफकी दुश्मन हुन् आलिया अर्थात शिखा सिंह ।
कुमकुम भाग्यमा आलियाको रोल निभाउने शिखा सिंह गर्भवती छिन् ।
शिखा सिहंले सामाजिक सञ्जालमा गर्भवती अवस्थाका तस्वीर राखेकी छन् ।
शिखाको यो पहिलो बेबी प्लान हो ।
यसबेला आलिया उर्फ शिखा आफ्नो गर्भको बच्चालाई केयर गर्न थालेकी छन् र यसैमा मज्जा लिइरहेकी छन् ।
सामाजिक सञ्जालमा शिखाले आफ्नो बेबी बम्प फ्लान्ट गरेको तस्वीरु सेयर गरेकी थिइन् ।
गर्भवती अवस्थालाई फोटोसुट गर्दै शेयर गरिएको शिखाको तस्वीरमा उनको पहिलो सन्तान प्रतिको प्रतिक्षा प्रष्ट देखिन्छ ।
उक्त फोटोमा शिखा निकै क्युट समेत देखिएकि छिन् ।
उनले यस समय आफ्ले सकारात्मक सोच राखेको भन्दै सबैलाई घरमा रहनआग्रह गरेकि छन् ।






