
दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ ।
चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ । यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो ।
योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् । यसबारेमा थप समाचार
कोरोना कहर मत्थर नहुँदै डेङ्गु सङ्क्रमणको त्रास, सङ्क्रमितको संख्या १० पुग्यो