
रौतहट । भारतीय सीमानासँग जोडिएको रौतहटको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मीमाथी स्थानीयले ढुंगामुढा गरेपछि स्वास्थ्इकर्मी आन्दोलीत आन्दोलित बनेका बनेका छन् ।
नेपालमा पछिल्ला दिनमा रौतहट लगायत तराईका जिल्लामा महामारीको रुप लिइरहेका बेला स्थानीइहरु संयमित बन्नुको सट्टा स्वास्थकर्मीमाथि ढुंगामुढा गरेको भन्दै स्वास्थकर्मीले दोषीमाथि कारवाही नभए आँफुहरु काममा नफर्किकिने चेतावनी दिएका छन् ।
आफनो ज्यान जोखिममा राखेर कोरोनाका बिरामीको सेवा गर्दा गर्दा पनि आँफुहरुले जस नपाएको भन्दै स्वास्थ्य संयोजक ईशराजुल खानले एक विज्ञप्ति जारी गर्दै शनिवार साँझदेखि आन्दोलनमा उत्रेको जानकारी दिए ।
स्वास्थ्इकर्मीले दोषीलाई तत्कालै कारवाही नभए आन्दोलनको कायृक्रम अझै सशक्त बनाइने चेतावनी दिएका छन् ।