
काठमाडौं। बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ।
असमायिक निधनले कपुर परिवार निकै दुःखी छ।
ऋषि कपुरको निधनपछि उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गर्ने गरेकी छिन् ।
आइतबार दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको एक महिना पूरा भएको छ ।
उनको यादमा श्रीमती नीतू कपुरले सोसल मिडियामा एउटा भावुक पोस्ट सेयर गरेकी छिन् ।
नीतूले ऋषिसँग आफ्नो पुरानो तस्बिर सेयर गर्दै ग्रेसी फिल्ड्सको गीतको लाइन सेयर गरेकी छिन् जसको सार होः मलाई हिम्मत देऊ किनकी तिमी मबाट सदाका लागि बिदा भइसकेका छौ ।

नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा आफ्नो पीडा पोख्दै लेखेकी छन्,”हाम्रो कहानी सकियो”। उनको यो पोस्टले धेरैलाई भावुक बनाएको छ। नितुको पोष्टमा सेलेब्रेटी तथा फ्यानहरूले सान्त्वना दिइरहेका छन् र ऋषि कपुरको आत्माको शान्तिका लागि प्रार्थना गरिरहेका छन्।
https://www.instagram.com/p/CAzVg19ACvB/