
शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । शनिबार मात्र यसअघि १८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २० पुगेको छ ।
विगत केही दिनदेखि नेपालमा तीन अंक (१०० वा सो भन्दा बढी) संख्यामा कोरोना संक्रमितहरु भेटिन थालेका छन् । सरकारले लकडाउनकै कारण कोरोना समुदायमा फैलन नपाएको भन्दै जारी २० गतेसम्मको लकडाउनको अवधिलाई थप गरेर जेठ ३२ गतेसम्म पुर्याएको छ ।
सरकारले लकडाउन थपेपनि कोरोना संक्रमण झन् बढ्दै क्रममा रहेको छ । भारतले यात्रुबाहक रेल सुचारु गरेपछि भारतमा रहेका नेपाली कामदाहरु आउन सुरु गरेसँगै नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको हो ।