ट्याक्टर दुर्घटना हुँदा इलाममा एक जनाको ज्यान गएको छ ।
ईलाम नगरपालिका-१ साकेजुङका ३२ बर्षीय योगेश मगरको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको हो ।
आज दिउँसो पौने २ बजे ईलाम साखेजुङ भित्री सडकखण्डमा मे १ त ४१०३ नम्बरको ट्याक्टर ढुंगा लिन जाने क्रममा बाटोदेखी अन्दाजी ३० फिट तल खस्दा ट्याक्टर चालक मगर गम्भिर घाईते भएका थिए ।
घाइते भएका योगेशलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
सोही ट्याक्टरमा रहेका निमा शेर्पा र आकास राई घाईते भएका छन् ।
घाइते भएका दुवैलाई जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।