
बलिउडमा कुनै पनि अभिनेत्रीको विवाह हुनु फिल्मी यात्रामा बिराम लाग्नु हो भन्ने मान्यता छ। त्यसैले बलिउड अभिनेत्रीहरुले ३० कटेपछी बिहे गर्ने गरेको देखिएको छ। यसरी बिबाह गर्नेहरुमा धेरैजसो अभिनेत्रीहरुले दोस्रो पत्नी बन्दै घरजम गरेका छन्।
यसरी दोस्रो विवाह गरेर घरजम गर्ने अभिनेत्रीहरुको सूचि यस्तो छ
करिना कपुरः

सैफ अली खान जम्मा २१ वर्षको छँदा अमृता सिंहसँग बिहे गरेका थिए । दुई बच्चा जन्मिसकेपछि १३ वर्षपछि अमृता र सैफले स-म्बन्ध बि-च्छेद गरे । त्यसको तीन वर्षपछि करिना सैफकी दोस्रो पत्नि बनिन् ।
करिष्मा कपुरः

करिश्मा कपुर र अभिषेक बच्चनले बिहे गर्ने कुरा थियो । उनीहरुले इन्गेजमेण्ट पनि गरिसकेका थिए । तर, त्यसो भएन । पछि करिश्माले सन् २००३ मा सञ्जय कपुरसँग बिहे गरिन् । हाल संजयसँग पनि उनले स-म्बन्धबि-च्छेद गरिसकेकी छिन्। करिश्माले २०१२ मा सञ्जय कपुरसँग सम्ब-न्धबि-च्छेद गरेकी हुन् ।
विद्या बालनः
विद्या बालन त अझ तेस्री श्रीमती हुन् । उनका पति सिद्धार्थ रोय कपुरले उनलाई बिहे गर्नुअघि दुईवटी श्रीमतीसँग बिहे गरेर स-म्बन्धबि-च्छेद गरेका थिए ।
शिल्पा सेट्टी:

शिल्पा सेट्ठी र राज कुन्द्राको बिहे सन् २००९ मा भएको थियो । राजले शिल्पालाई बिहे गर्नुअघि कविता कुन्द्रासँग बिहे गरेर स-म्बन्धबि-च्छेद गरिसकेका थिए ।
लारा दत्तः

सन् २००० को मिस युनिभर्स तथा बलिउड अभिनेत्री लारा दत्तले क्रिकेटर महेश भूपतिसँग २०११ मा बिहे गरेकी हुन् । लारासँग बिहे गर्नुअघि नै भूपतिले मोडल श्वेता जयशंकरसँग सात वर्षे वैवाहिक जीवन भोगेर टुं-ग्याएका थिए ।
रविना टण्डनः

रविना टण्डन र अक्षय कुमारको बिहे हुने कुरा थियो । तर, अक्षयले ट्विंकलसँग बिहे गरे । त्यसपछि सन् २००४ मा उनले फिल्म वितरक अनिल थडानीसँग लगनगाँठो क सिन् । अनिल पहिले नै विवाहित थिए ।
श्रीदेवीः
बलिउडमा असुहाउँदा जोडीमा श्रीदेवी र फिल्म निर्माता बोनी कपुरको जोडी पनि पर्छ । श्रीदेवीसँग बिहे गर्नुअघि बोनीले मोना कपुरसँग बिहे गरिसकेका थिए । तर श्रीदेबिको नि धन भइसकेको छ ।
हेमा मालिनीः

बलिउडमा सँगै फिल्म खेल्दा धर्मेन्द्रले हेमालाई भेटेका थिए । त्यतिबेला हेमाको प्रेममा परे जब उनी विवाहित भइसकेका थिए । हेमालाई भित्र्याउन खोज्दा परिवारले नदिएपछि उनले धर्म नै परिवर्तन गरेर मुसलमान बने अनि हेमालाई दोस्रो पत्नि बनाए । धर्मेन्द्रले पहिलो श्रीमती पर्काश कौरसँग सम्ब-न्धबि-च्छेद गरेका छैनन्।
विपासा बासु

विपासा बासु करण सिंह ग्राेभरकी तेस्राे पत्नी हुन् ।