मोरङको बेलबारीमा बिहीबार भएको घटनाको बिभत्स भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने र शेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।
आमाको ह त्यापछि छोराले धारिलो छुराको मद्दतले आफ्नै गला काट्दै गरेको भिडियो केही युटयुब र फेसबुकमा पोष्ट भएको बिषयमा प्रहरी प्रधान कार्यालय (नक्साल) ले चासो व्यक्त गर्दै ज जसले उक्त भिडियो पोष्ट गरेको छ, तिनिहरूलाई कारबाही गर्ने जनाएको छ ।
जसमा विभिन्न माध्यमबाट सो भिडियो पोष्ट गर्ने २३ जनाको नाम भेरिफाई गरिएको जानकारी प्रहरीले दिएको छ ।
मोरङको बेलबारी ४ काकुम बुधबारेमा बिहीबार बिहान ३१ वर्षीय जीवन लिम्बुले आफनी आमा ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै ह त्या गरेर आफुले पनि घाँटी रेटेर आत्म ह त्या गरेका थिए । सोही घटनाको भिडियो सामाजिक सञ्जालमा हाल्नेहरुको प्रहरीले यतिबेला खोजी गरिरहेको छ ।
सार्वजनिक भएको भिडियोमा जीवन लिम्बुले चक्कु ले आफ्नै घाँटी रेटिरहँदा पनि मानिसहरु उनलाई त्यस्को गर्नबाट रोक्नुसाटो भिडियो खिच्नमै व्यस्त देखिन्थे । ५ देखि ६ जना व्यक्तिहरुले एकजना व्यक्तिलाई रोक्नुको साटो मोबाइलमै भिडियो खिच्न व्यस्त भएपछि सामाजिक सञ्चालनमा मानवता हराँदै गएको भन्ने खालका अभिव्यक्ति समेत सार्वजनिक भएका छन् ।