
काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६० लाख ३० हजार २ सय ९४ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ६६ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ भने २६ लाख ५९ हजार २ सय ४० जना निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ४ हजार ५ सय ४२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ९३ हजार ५ सय ३० रहेको छ । अहिलेसम्म ५ लाख १९ हजार ५ सय ६९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ लाख ६९ हजार ४ सय १९ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् तीमध्ये १७ हजार २ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
पछिल्लो २४ घन्टामा अमेरिकामा २५ हजार ६९ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय १२ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
दोस्रो धेरै संक्रमित भएको देशमा ब्राजिल रहेको छ । उक्त देशमा यो समाचार तयार पार्दासम्म ४ लाख ६८ हजार ३ सय ३८ जना संक्रमित भेटिएका छन् । २७ हजार ९ सय ४४ जनाले ज्यान गुमाइसेकका छन् भने १ लाख ९३ जार १ सय ८१ जना उपचारपछि निको भएर घर फर्केका छन् । २ लाख ४७ हजार २ सय १३ जना देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् सोमध्ये ८ जार ३ सय १८ जनाको अवस्था चिन्ताजनक रहेको छ । बितेको २४ घन्टामा ब्राजिलमा २९ हजार ४ सय २६ नयाँ संक्रमित फेला परेका छन् जसम्धये १ हजार १ सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ७३ हजार ४ सय ९१ पुगेको छ भने अहिलेसम्म ४ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ । ८२ हजार ६ सय २७ जनाले उपचारपछि निको भएर घर फर्केका छन् भने अहिले ८५ जार ८ सय ८४ जना भारतका विभिन्न अस्पतालमा कोरोना विरुद्धको लडाइमा उपचार गराइरहेका छन् जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको छ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा ८ हजार १ सय ५ नयाँ संक्रमित भेटिएका छन् । दैनिक भारतमा संक्रमित पुष्टि हुनेको संख्या बढीरहेको छ भने २ सय ६९ जनाले पछिल्लो २४ घन्टामा कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।
नेपालमा अहिलेसम्म १ हजार २ सय १२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पुष्टि गरेको छ । अहिलेसम्म कोरोना भाइरसको कारणले गर्दा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ २ सय ६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)