
भारतको नयाँदिल्ली नजिकै शुक्रबार राति भूकम्प जाँदा यहाँका लाखौँ मानिस घरबाहिर निस्किन बाध्य भए ।
४ दशमलब ६ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्र हरियाणाको रोहतकनजिकै थियो ।
कम शक्तिशाली भए पनि भूकम्पको धक्का धेरै बेरसम्म महसुश गरिएको बताइएको छ । राष्ट्रिय भूगर्भ विज्ञान केन्द्रका अनुसार रातको ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । जुन ३ दशमलब ३ किलोमिटर गहिराइको तहमा थियो । भूकम्पको केन्द्र मानिएको रोहतक क्षेत्र राजधानी दिल्लीबाट ६५ किलोमटर टाढा छ ।
दिल्लीको भूकम्पपछि भारतका विभिन्न सहरका मानिसले सामाजिक सञ्जालमा यसबारे लेख्दै धेरै बेरसम्म धक्का महसुश गरेको बताएका छन् । कम्तिमा ७ देखि ८ सेकेन्डसम्म यसको धक्का थियो । मानव बस्ती नजिकै भूकम्पको केन्द्र भएकाले यसको ठूलो धक्का महसुश गरिएको बताइएको छ ।