मेरो नाम युसुफ अलि हो । मेरो घर डल्लु स्वयम्भु मा छ । म तीन वर्षदेखि दुबइमा गाडी कुदाउने काम गर्छु । नेपालमा पनि मेरो ट्याक्सी थियो । त्यहीबाट अनुभव लिएर म यता आएको हुँ ।
अहिले कोरोनाले मेरो देश नेपालमात्र हैन विश्व नै आक्रान्त बनेको छ । शक्त्तिशाली देश भनेर कहलिएको अमेरिकामा पनि धेरैले ज्यान गुमाएपछि विश्व नै त्रसित बन्यो । नेपालमा लकडाउन छ, संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ जस्ले गर्दा आम मानिसमा त्रास सृजना भएको छ । आज केटीएम दैनिक मार्फत म तपाईहरुलाई मेरो अनुभव बताउँदै छु ।
दुबइमा म कोरोनालाई जितेर घर फर्कनेहरुलाई घरसम्म पुर्याइदिने काम गर्छु । दिनमा एक जना देखि लिएर पाँचजना सम्मलाई घर पुर्याइदिने गर्छु । नेपालमा पनि कोरोना संक्रमित बढ्ने गरेको खबर सुनिरहेको हुन्छु र जान्न इच्छुक हुन्छु । म उहाँहरुसँग कोरोना संक्रमित हुँदाको अनुभव, लक्षण, घरपरिवारले गर्ने व्यवहारको बारेमा सोध्छु । उहाँहरुले सहजै जवाफ दिनुहुन्छ “सामान्य रुघाखोकी जस्तै रहेछ हामी अलि बढि अतालिएछौं”
सुरु सुरुमा कोरोना संक्रमितलाई कुकुरलाई झै व्यवहार गरे, गाडीले बोक्न मानेन, खतरनाक रहेछ, यो लागिसक्दा मानिस मर्ने रहेछन् लगायतका अफवाहहरु फैलिए । मानिसहरुलाई के के न हो भन्ने भयो र आतंकित बनायो ।
मेरो पेसेन्जरहरु सबैलाई एउटै लक्षण हुदैन । कोही रुघाखोकी कोही ज्वरो आएर अस्पताल जानुभएको हुन्छ, कोरोना पोजेटिभ आएर उतै राखिदिन्छ । घर फर्कनेहरु सबै पोजेटिभ्स भाइब्स लिएर फर्कनु भएको हुन्छ ।
कम्पनीले हामीलाई सुरक्षित हुनको लागि स्यानिटाइजर, मास्क, पञ्जाको व्यवस्था गरेको छ । म आफै पनि सुरक्षित तवरले बसेकोले गर्दा मलाई कत्ति पनि डर लाग्दैन । आफू सुरक्षित भएपछि कन्फिडेन्ट हुने रहेछ । कम्पनीबाट पनि फोन आइरहन्छ हौसला दिइरहनुहुन्छ । आफ्नो मातृभुमिमा नभए नि मैले यहाँ सेवा गरिरहेको छु । अहिले त मलाई यो भाइरस सामन्य फ्लू हो जस्तै लाग्छ ।
म पनि रेस्टुडेन्टमा खाना खान्छु, ग्रोसरीमा सामान किन्छु । हामी २०० जना ड्राइभर एउटा क्वाटरमा बस्छौं । तर हामी सुरक्षित छौं जस्को एउटा मात्र कारण भनेको हामीले सतर्कता अपनाएको छौं । त्यसैले म भन्छु, यो मात्र एउटा फ्लू हो । आत्मविश्वास दह्रो पार्यौ भने हामी सहजै यस्लाई पराजित गर्न सक्छौं ।
सुरु सुरुमा कोरोना संक्रमितलाई कुकुरलाई झै व्यवहार गरे, गाडीले बोक्न मानेन, खतरनाक रहेछ, यो लागिसक्दा मानिस मर्ने रहेछन् लगायतका अफवाहहरु फैलिए । मानिसहरुलाई के के न हो भन्ने भयो र आतंकित बनायो ।
सुरुमा त युट्युव फेसबुकमा आउने भिडियो समाचार हेरेर डराए पनि, तर बिस्तारै बाहिर निस्कदै गए । बुझ्दै गए, परिपक्क हुदै गए र डरलाई पराजित गर्न सफल भए । अहिले पनि फेसबुकमा आएको अनावश्यक समाचार पढ्दिन, भिडियो हेर्दिन आफु सुरक्षित तरिकाले काम गर्छु ।
मेरो एकदमै नजिकको साथी कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएको छ । म उस्को खबर बुझ्न फोन गर्छु । तैले मलाई बिरामी देखिस भनेर उल्टै मेरो मजाक बनाउँछ ।
केहि समय अगाडी एकजना भारतीय नागरिकले कोरोनालाई जितेर घर फर्कनु भयो । उहाँसँग मेरो लामो कुराकानी भयो । उहाँले सामन्य मान्छेलाई एक महिना अस्पतालमा कोचिदियो भनेर गुनासो पो गर्नुभयो ।
मेरो प्यासेन्जर सबैमा सकरात्मक सोच भएको पाउँछु । आत्माविश्वासले नै कोरोना जितेर आउनु भएको झै लाग्छ । र अन्त्यमा नेपालका डाक्टरहरुले अब किटको बैधानिकता र यो भाईरस सम्बन्धी धारणालाई बिशेष केलाउनु पर्छ जस्तो लाग्छ ।
अहिले सम्म बिरामिहरुको जाँच गरेको ज्ञान र अनुभवको आधारमा नेपालका कोरोना संक्रमित र अन्य भाईरसका समान र असमान कुराहरुको खोजि गर्नु पर्छ । कतै यो संसार भ्रममा त छैन खोजि गर्नु पर्छ । नत्र नेपालमा भाईरस भन्दा पनि शंका र डर अनि अन्य रोगको कारण उपचार न पाएर ज्यान जाने जोखिम धेरै बढ्नेछ ।
केटीएम दैनिकको स्वास्थ्य संम्वाददाता दुर्गा पौडेलले दुबईमा रहेका युसुफ अलिसँग गरेको कुराकानीमा आधारित ।