वैदेशिक रोजगारी बाट फर्किएका खगेन्द्र भुर्तेल र शिक्षण पेशामा सन्तुष्टि नमिलेपछि शिक्षण पेशा छाडेका सुरज सापकोटा मिलेर हुप्सेकोट ४ शखंदेब नवलपुर मा बाख्रा पालन सुरु गरेका छन । शखंदेब युवा कृषि प्रा. ली दर्ता गरेर संचालित उक्त फार्म मा १०३ वटा बाख्रा रहेका छन । स्थानीय खरी जात र बोयर जात गरि दुई जाती बाख्रा यहाँ पालिएको छ ।
पछिल्लो समय नेपालमा बाख्रा पालनमा युवाहरु को आकर्षण बढ्दो छ । यसै पनि कोराना महामारीको लकडाउन पछाडी वैदेशिक रोजगारी मा रहेका १५-२० लाख नेपाली फर्किने अनुमान लगाइएको छ यस्तो मा बाख्रा पालक किसान को संख्या बढ्ने अनुमान लगाउन सकिन्छ ।
बाख्रा पालन मा खासगरी घाँस र खोर ब्यवस्थापन नै महत्त्वपूर्ण हुने बताउँछन ब्यवसायी सुरज सापकोटा । बाख्रा पालनको सोच बनाउनु निकै राम्रो कुरा हो । बाख्रा पालन सुरु गर्नुभन्दा छ महिना पहिला नै घाँस लगाउने सल्लाह दिन्छन सुरज सापकोटा ।
नेपाल को सबै भुभाग बाख्रा पालनको लागि उपयुक्त छ भने खास गरि पहाडी भाग अझै उपयुक्त मानिन्छ । बिस वटा माउ र एउटा उन्नत जात को बोका बाट व्यावसायिक बाख्रा पालन सुरुवात गर्न सकिन्छ र बिस्तारै माउ संख्या बढाएर लैजान सकिन्छ ।
सवन्धित ज्ञान् भए पुग्ने र ठूलो लगानि आवश्यक नपर्ने र शैक्षिक ज्ञान कम भएकाले पनि यो पेशा सहजै गर्न सक्ने भएकाले आकर्षण बढ्दै गएको हो ।
दूध बिक्री नहुँदा नोक्सानी ब्यहोर्दै आएको किसानको दुखेसो: गाउँमा बाँड्छु भन्दा पनि खाइदिँदैनन्
मोरङको सुन्दरहरैँचा नगरपालिका–६ गछियाका किसान ऋषिकेश निरौला उमेरले ६२ वर्ष पुगे...
बिहीबार, जेठ २० २०७८साथै सरकारले व्यावसायिक बाख्रा पालनको लागि खोर सुधार लगायत विभिन्न शिर्षक मा अनुदान दिदै आएको छ ।
बाख्रा पालनमा आज लगानी गरेर भोलि नै प्रतिफल खोज्न नमिल्ने बताउछन् व्यवसायी सापकोटा । उहाँ सँग गरिएको कुराकानी उहाँ को बाख्रा फार्म र बाख्रा पालनसग सम्वन्धित महत्वपूर्ण कुरा समेटिएको यो भिडिओ तपाईंको लागि ।