
दाङका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर पीक्षणमा दाङको गढवा गाउँपालिका वडा नं १ र २ का दुई जनामा कोरोना पोजिटिभ देखिएको हो। कोरोना देखिएका २८ र ४१ वर्षीय पुरुषहरु हुन् ।
पोजिटिभ देखिएका दुबै जना गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेनटाइनमा बसेको पाइएको छ । त्यस्तै कपिलबस्तुका ९ जनाका कोरोना पोजिटिभ देखिएको छ । कपिलबस्तुको विजयनगर गाउँपालिकाका ९ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
उनीहरु रामनरेश माविको क्यारेन्टाइनमा बसेका थिए । स्रक्रमित विजयनगर ३, ५, ७ वडाका बासिन्दा हुन् ।
