
चीनको वुहानमा नयाँ भाइरस भेटियो रे भनेर खबर आयो । हामीले सामन्य रुपमा लियौं । हामी मात्र किन विश्वले नै त्यस्लाई सामन्य रुपमा लियो र आफ्नो दैनिकीमा व्यस्त भयो । नेपालीहरु पढ्न गएको र उनीहरुलाई संक्रमण हुने डरले नेपालमा भने ठूलै होहल्ला मच्चियो । त्यहाँ रहेका बिद्यार्थी हरुलाई ल्याउने कि नल्याउने भन्ने विषयमा ठूलै बहस भयो । केहिले ल्याउनु पर्ने तर्क गरे भने केहिले अब नेपालमा भाइरस ल्याएर सके भनेर आतंकित बनाउने काम पनि गरे ।
अन्तत: सरकारले उनीहरुलाई ल्याउने निष्कर्षमा पुग्यो र क्वारेन्टाईनको व्यवस्था गर्न थाल्यो । हामी नेपालीको लागि त्यो शव्द बिल्कुलै नौलो थियो । भक्त्तपुरको खरिपाटीमा सरकारले क्वारेन्टाइन बनाउने जिम्मा नेपाली सेनालाई दियो । सबै व्यवस्थापन राम्रोसँग गरेर १४ दिनसम्म आइसोलेसनमा राखेर घर पठाइदियो । त्यसपछि कोरियामा संक्रमण भयो त्यहाँ रहेका नेपालीहरुलाई के गर्ने भन्ने कुरा पनि आउन थाल्यो । सञ्चार माध्यमहरुले उनीह्यरुलाई उद्धार गर्नुपर्नेमा जोड दिदै समाचार बनाउन मात्र के थालेका थिए । यस्को संक्रमण विश्वव्यापी रुपमा फैलिन थाल्यो ।
भारतमा संक्रमण देखिएपछि निन्द्रामा रहेको सार्कलाई बचाउन मोदीले सार्क स्तरीय भर्चुअल बैठक बोलाए । सबै देशहरु सामेल भएर बार्ता गरे । नेपालले हाम्रोमा एक जना मात्र संक्रमित भेटिएको र निको भएर घर गइसकेको अभिव्यक्त्ति दियो । विश्वव्यापी रुपमा लकडाउन शुरु भइसकेको थियो । हामी नेपालीहरु त्यो नौलो शव्द के होला भन्ने सोच्नमा नै व्यस्त थियौ तर आफैलाई आइपर्छ भन्ने चै सोचेकै रहेनछौं ।
नेपाल मा चैत्र ६ गते बाट हुने भनिएको एसइइ परीक्षा १ एक अघि मात्र स्थगित भयो । त्यसपछि काठमाडौंमा कोरोना संक्रमित भेटिएर सरकार सचेत भएको भनेर धेरैले अड्कल गरे । घरजाने मानिसहरुको लाईन लाग्न थाल्यो । सरकारले अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गर्यौ । सकिन लागेको परीक्षाहरु स्थगित भए र सुरु भयो शैक्षिक प्रणालीको समस्या ।
बैशाखमा हुने भनिएको १२, स्नातक र स्नातकोत्तरको परिक्षा दिन तयारी अवस्थामा बसेका विद्यार्थीहरु अहिले घरमा नै छन् । बिभिन्न फेसबुक पेज र गुप्रहरुमा आफ्नो गुनासो पोखेर बस्न बाध्य छन् । यस्तो विषम परिस्थितिमा सरकारले पनि केहि गर्न सक्ने अवस्था छैन ।
अहिले आन्तरिक मुल्यांकन गरेर पास गराउनुपर्छ भनेर चर्चा पनि चल्न थालेको छ । तर मनन गरौ त आन्तरिक मुल्याङ्कन भनेको के हो र कसरी सम्भव छ ? कुन कुन कुरालाई आधार मानेर मुल्याङ्कन गर्ने ? कक्षा हाजिरी, बिद्यार्थी को व्यवहार, ड्रेसअप, बोली, अघिल्लो परीक्षाको मुल्याङ्कन गरेर अगाडी बढ्न कतिको जायज हुन्छ ? आफै बिचार गर्नुहोस ? भलै नहोला तर अघिल्लो परीक्षामा कमजोर साबित भएका बिद्यार्थी यो परीक्षाको लागि कम्मर कसेर पढन सक्दैन र ?
राम्रो बोली व्यवहार नभएकाले पनि राम्रो अंक ल्याउन सक्छन् । अनि के राम्रो लुगा लगाउनेले मात्र राम्रो अंक पाउने हो र ? त्यसैले आन्तरिक मुल्याङकन कुनै पनि हिसाबले विद्यार्थीको हितमा हुन्न । यस्तो अवस्थामा बरु मनोबाल उच्च बनाउन सहयोग गर्ने हो । मुल्याङकन गरेर उनीहरुको मनोबल गिराउने काम गर्नुहुन्न । बिद्यालय स्तर को पढाई को लागि हतरो नगर्दा हुन्छ। भाद्र बाट पढाई सुरु गरेर चैत्र सम्मा मा सक्न सकिन्छ। सधैं बिद्यालय बर्षको बढिमा २२० दिन लाग्ने हो ।

बिद्यालय हरु को सबै आन्तरिक कार्यक्रम रोकेर पढाई लाई मात्रै केन्त्रित गरेर लैजादा पनि कोर्स सक्न गाह्रो हुदेन । यो लकडाउनको बेलामा अभिभावकहरुले आफ्नो नानी-बाबु हरु लाई व्यवहारिक ज्ञान दिने, घरको काम गर्न सिकाउने, करेसाबारीको काम गर्न सिकाउने, मौसमी खेती को ज्ञान दिने, किताबी किरा हैन व्यवहारिक बनाउन जरुरी छ ।
त्यस्तै गरी, यदि हामी पाठ्यक्रमबाट अवांछित विषयहरुलाई हटाउँछौं भने, अरु केही नया थप्ने ठाउँ पाऊँछौं । अब यी खाली पीरियडहरुमा के पढाउने त भन्ने कुरा आउँछ ? आज टेक्नोलजीको समय हो, यसलाई नज़रअंदाज़ गर्न सकिन्न । समयको माग अनुसार अगाड़ी बढ्नु पर्छ । एउटा विशेष पीरियड बच्चाहरुको समग्र विकास (overall development) का लागी छुटयाउने । विद्यालयमा एउटा प्रोजेक्टर हल अथवा कोठा बनाउने, त्यसमा एउटा प्रोजेक्टर लगाएर देश विदेशका समाचार, नयाँ नयाँ कुराहरु, सफल व्यक्तिहरूका भिडियोहरु देखाउने, सफल व्यक्तिहरूका कहानी सुनाउने, विकसित देशहरूका वृत्तचित्र, खेल संसारका सफल व्यक्तित्वहरुका बारेमा आदि आदि धेरै नया गर्न सकिन्छ । यो गाह्रो काम होइन । प्रोजेक्टर २०-२५ हजारको हाराहारीमा आइपुग्छ । प्रत्येक विद्यालयमा नि: शुल्क वाइफाइ इन्टरनेट जडान हुनुपर्दछ । विभिन्न स्कूलका विद्यार्थीहरूको वाद विवाद प्रतियोगिता इन्टरनेट को माध्यम बाट आयोजित गर्न सकिन्छ । यस्ता अनेकों अरु नया प्रयोगहरु गर्न सकिन्छ ।
अहिले शिक्षाको क्षेत्रमा नयाँ ट्रेन्ड आएको छ, अनलाईन र भर्चुअल क्लास । यो संचालनमा आउनु निकै ठूलो कुरा हो । डिजिटलाईजेशनको जमानामा अनलाईन क्लास आउनु हाम्रो जस्तो बिकासोन्मुख मुलुकको लागि निकै ठूलो कुरा हो । तर एकपटक मनन गरौं त, के हामी यस्को लागि सबल छौं ? के शिक्षा सबैको लागि बराबर हैन र ?
हुनेखानेले मात्र पढ्न पाउँनु पर्छ भन्ने पक्कै हैन ? के सबै ठाउँमा इन्टरनेटको पहुँच पुगेको छ र ? अनलाईन क्लास संचालन गरेर लकडाउनको सदुपयोग गर्नु निकै राम्रो कुरा हो तर यस्ले बाल मस्तिष्कमा केहि असर पुर्याउने पो हो कि ?
एउटा साथी मोबाईल ल्यापटप र ट्याबमार्फत पढ्दा अर्कोमा मानसिक असर नपर्ला भन्न सकिन्न नि हैन र ? इन्टरनेटको पहुँच नपुगेको ठाउँहरु पनि छन् नि नेपालमा । कतिपय ठाउँमा पुगे पनि स्लो चल्ने तथा कतिपय अवस्थामा मोबाइलको पहुँचमा नै नपुगेका बिद्यार्थी पनि छन् ।
तसर्थ : रेडियो तथा टेलिभिजन मार्फत कक्षा गराउँदा निम्न आर्थिक स्तर भएका र डाटा किन्न नसक्नेले पनि पढ्न पाउँछन् । केहि नभएपनि व्यवहारिक ज्ञान देउ । नानीबाबु हरुलाई संस्कार सिकाउँ ।