
सरकारले १० युनिटसम्म बिजुली खपत गर्नेसँग शुल्क नलिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने उल्लेख छ ।
खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाहा हुने भएको छ ।
यस्तै उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउनेछ ।
रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब विनियोजन
काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रूपैयाँ छुट्याएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।
संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।
आगामी बर्षमा नेपाल तरकारी र मासुमा आत्म निर्भर हुने
सरकारले आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी बर्षको बजेट भाषणमा दूध र माछामा लगभग आत्मनिर्भर भइसकेको भन्दै अबको बर्षको तरकारी र मासुमा आत्मनिर्भर बनाउने बताएका छन्।