
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा परेर मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।
आज दिउँसो भेरी नगरपालिका ४ का १८ बर्षीय सञ्जु विकको शव जाजरकोटको छेडागाड नगरपालिका–१३ मा पर्ने भेरी तिरमा फेला परेसंगै सो घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिए ।
छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने कालाभीर नजिक भेरी नदीको किनारमा एकजनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका–४ बा सञ्जु विकको शव फेला परेको हो। नेपाल प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक महेशकुमार आचार्यले जानकारी दिए।
यस्ताे छ पुरा विवरण :
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।
नवराजको समर्थनमा पुरा नेपाली उत्रिएको छन् । संसदमा पनि उनकाे बारेमा कुरा उठ्याे । उनकाे समर्थनमा सारा नेपाली जागेका छन् । संसदमा बाेल्दै राष्ट्रियसभामा बोल्दै गृहमन्त्री थापाले भने , ‘उनीहरु ३ वर्ष देखि प्रेम सम्बन्धमा थिए’ भनेर प्रस्ट्राएका थिए । त्यसपछि पुजा शर्मा हामी छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय विभेदसँग ? भन्दै उनकाे समर्थनमा उत्रिइन ।