
लामो समयदेखि कोरोना भाइरस अर्थात् कोभिड–१९ को चपेटामा मुलुक परेको बेला केही संस्था तथा निकायलाई भने त्यसैको मौका छोपेर ‘कमाउने मेलो’ भएको छ । अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गर्ने जिम्मेवारी बोकेको दाबी गर्ने निजी क्षेत्रको चर्चित बि एण्ड बि अस्पतालले यही ‘लक डाउन’को मौकामा लुटको अभियान तीव्र पारेको छ ।
विगतदेखि नै नाम चलेको र सर्वसाधारणको जनस्वास्थ्यमाथि खेलबाड गरेर करोडौँको व्यापार गर्दै आएको बि एण्ड बि अस्पतालले उपभोक्तामाथि शोषण र कार्यरत मजदुरको गाँस हरण एकैचोटी थालेपछि कर्मचारीहरू आक्रोशित बनेका छन् ।
सङ्कटको मौकामा १० प्रतिशत मूल्यवृद्धि
चैत ११ गतेबाट मुलुकमा लक डाउन जारी भएर सबैतिर त्रास र भागाभागको अवस्था सृजना भएको छ । तर सो अस्पतालले भने यही बेला उपभोक्ताको ढाड सेक्न एक्कासि मूल्य वृद्धि गरेको छ । २०७७ वैशाख १ गतेबाट अस्पतालले दिने ल्याब, एक्स-रे , सिटी स्क्यान,एम आर आइ लगायत यस्तै प्रकारको अन्य सबै सेवाहरूको एकतर्फी मूल्य वृद्धि गरेको पाइएको छ ।
राज्यको सहमति लिएर धेरै मार्कामा परेको खण्डमा मात्रै मूल्य बढाउन पाउने नियम कानुन छ।तर यो पटक विना कुनै परामर्श र निर्देशन सो अस्पतालले मात्र एकतर्फी मूल्य वृद्धि गरेको हो । निजी अस्पतालहरूको एशोसिएशन पनि छ । त्यसले कुनै निर्णय गरेको छैन । तर सर्वसाधारणलाई राहत र अन्य प्रकारका सेवा दिनुपर्ने अवस्थामा बि एण्ड बि अस्पतालले भने एकतर्फी मूल्य वृद्धि गरेको छ ।
कर्मचारीलाई भने आधा तलब
यो जटिल अवस्थामा अस्पतालका ६ सय कर्मचारी विभिन्न हिसाबमा अग्र भागमा जोखिम मोलेर काममा खटिरहेकै छन् । तर कर्मचारीहरूलाई यो बेला थप सुविधा र राहत समेत दिनुपर्नेमा कारोबार कम भएको भन्दै तलब कट्टा गर्न थालेको पाइएको छ । अस्पतालले माथिल्लो तहमा काम गर्ने कर्मचारीलाई अघिल्लो महिना देखि तलब दिन छाडेको छ भने अन्य कर्मचारीलाई ३० दिन डिउटी गराएर २० दिनको मात्र तलब दिने निर्णय एच आर प्रमुख डाक्टर रिना वैद्यले निर्णय गरेकी छिन। यस्तो कार्य नाजायज भए पनि कर्मचारी युनियन लगायत कुनै निकायसँग कुनै परामर्श नगरी हचुवाको भरमा हरेक कर्मचारीको तलब अधिक मात्रामा कटौती गरेको थाहा भएको छ ।
बढ्दो महँगीलाई ध्यान दिँदै हरेक वर्ष तलब बढाउनु पर्नेमा २ वर्षदेखि तलब बढाएको छैन भने उल्टो लक डाउनको मौका छोपेर हठात् तलब कट्टा गरेपछि आफूहरू तीव्र अन्यायमा परेको कर्मचारीहरू बताउँछन् । काम कम भएको भनेर तलब घटाउनु परेको तर्क गरे पनि कर्मचारीहरूका अनुसार अस्पतालमा एकै दिनमा १५ वटा भन्दा बढी अप्रेसनहरू यही मौकामा हुन थालेका छन् । इमरजेन्सी बिरामी ल्याउन खोज्दा बेड खाली छैन, आइसियु छैन भनेर बहाना गर्ने तर रकमको मोल तोल गरेर भित्र भित्रै ठुला रकमको अप्रेसनहरू भने दिनहुँ भइरहेको अस्पतालको बिरामी रेकर्डबाट देख्न सकिन्छ ।
इमरजेन्सी बिरामी ल्याउन खोज्दा बेड खाली छैन, आइसियु छैन भनेर बहाना गर्ने तर रकमको मोल तोल गरेर भित्र भित्रै ठुला रकमको अप्रेसनहरू भने दिनहुँ भइरहेको अस्पतालको बिरामी रेकर्डबाट देख्न सकिन्छ ।
अर्को कुरा कर्मचारीहरूको अनुपस्थित हाजिरी अनुसार तलब कट्टा गर्दा उनीहरूले खाइ पाई आएको कुल तलब जोडेर हिसाब गरी कट्टा गर्ने तर थप्नु परेमा न्यूनतम स्केल अनुसारको तलबबाट मात्र हिसाब गरेर थपिदिने गरेको पीडित कर्मचारीहरू बताउँछन् । यसरी कर्मचारीको शोषण गर्दै आएको सो अस्पतालले यही बेलामा बेतलबी बिदामा बस्न र जेठ महिनादेखि आधा महिनाको मात्र तलब खुवाउन सकिने भन्दै कर्मचारीहरूलाई हतोत्साहित पारिरहेको छ ।
कर्मचारीहरू भने सबै बैङ्क र वित्तीय संस्थाले समेत कर्मचारीहरूलाई तलब खुवाइरहेको भन्दै अरू बेलामा प्रशस्त कमाई गरेको अस्पताल भएकाले ६ महिना काम नभए पनि कर्मचारीलाई तलब खुवाउनु पर्ने धारणा राख्छन् ।
नियमले नमिल्ने एचआर हेड
अस्पतालको मानव संसाधन विभाग अर्थात् एचआर प्रमुख रिना वैद्य छिन् । उनी सञ्चालक मात्रा नभएर डाक्टर जगदीश वैद्यकी बुहारी जगदीशका छोरा नीरजकी श्रीमती समेत हुन् । उनले नै कर्मचारीको सेवा, सुविधा, नियुक्ति र खटन पटन हेर्ने गर्छिन् । सो विभागको प्रमुखमा कर्मचारी मध्येबाट उनीहरूको गुनासो समेत सुन्न सक्ने र सहज व्यवस्थापन गर्न सक्ने बाहिरी व्यक्ति हुनुपर्नेमा व्यवस्थापनको आफन्त र सञ्चालक नै एच आर प्रमुखमा नियुक्ति गरिनु नियमले नमिल्ने विषय भएको बताइन्छ । अहिले बोर्ड व्यवस्थापनको निर्णय भन्दै वैद्यले कर्मचारीहरूलाई पेल्दै आएकी छिन् ।
ललितपुरको ग्वार्काेमा रहेको बि एण्ड बि अस्पतालका सञ्चालक नेपालका प्रतिष्ठित डाक्टर डाक्टर जगदीश वैद्य र डाक्टर अशोक बास्काेटाले गरेका हुन।जब सम्म वैद्य र बास्काेटाले अस्पतालको व्यवस्थापन हेर्थे त्यो बेला उनीहरूले डाक्टर र कर्मचारीलाई भगवानकाे स्वरूपमा हेर्थे भने कर्मचारी पनि डाक्टर वैद्य र बास्काेटालाई भगवानकाे रूपमा हेर्थे ।
त्यस्तै अस्पतालको मूल व्यवस्थापन भने नीरज वैद्यले हेर्दै आएका छन् । उनी अध्यक्ष डा. जगदीश वैद्यका छोरा हुन् । पछिल्लो समय डा अशोक बास्कोटा समूहका शेयर कम हुँदै गएपछि व्यवस्थापनमा नीरज हाबी भएर ठुला ठुला खरिद पनि आफ्ना मान्छेहरूलाई ठेक्का दिँदै त्यहाँबाट कमिसन खाँदै आएको पत्ता लागेको छ ।
गिर्याे वैद्य र बास्काेटाकाे शाख।
ललितपुरको ग्वार्काेमा रहेको बि एण्ड बि अस्पतालका सञ्चालक नेपालका प्रतिष्ठित डाक्टर डाक्टर जगदीश वैद्य र डाक्टर अशोक बास्काेटाले गरेका हुन।जब सम्म वैद्य र बास्काेटाले अस्पतालको व्यवस्थापन हेर्थे त्यो बेला उनीहरूले डाक्टर र कर्मचारीलाई भगवानकाे स्वरूपमा हेर्थे भने कर्मचारी पनि डाक्टर वैद्य र बास्काेटालाई भगवानकाे रूपमा हेर्थे ।
आज अस्पतालको सम्पूर्ण व्यवस्थापन हेर्ने डाक्टर नीरज र डाक्टर रिना वैद्यले सम्पूर्ण अस्पतालको शाख गिराएका छन्।अस्पतालको यस्तो दुर्गति देखे पछि डाक्टर बास्काेटा भने बिस्तार बिस्तार सामजसेबी कार्यतिर लागेका छन्।यो विषयमा बुझ्न हाम्रा संवाददाताले एच आर प्रमुख डाक्टर रिना वैद्य सँग उनको मोबाइल नम्बरमा फोन गर्दा उनको फोन उठेन।