
बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमणबाट मुक्त भएका छन् । मे १४ मा उनलाई कोरोना संक्रमण देखिएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका थिए । अब, भने उनी पूर्ण रुपमा निको भएको भारतीय मिडियाले जनाएका छन् ।
किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनको लगातार ३ पटक कोरोनाको नेगेटीभ रिपोर्ट आएको छ ।
७४ वर्षीय कुमारलाई कुनै पनि लक्षण बिना नै संक्रमण भएको थियो।
धड्कनका कलाकारले भने, “मलाई केहि लक्षण नै देखिएन, सामन्य चेकअपको लागि जाँदा कोरोना संक्रमण भएको थाहा पाए । म घरकै सेल्फ क्वारेन्टाइनमा बसेर निको भए ।”
र याे पनि : बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमित
उनी परिबारसँग सामाजिक दुरी कायम गरेर बसेका थिए । लगातार ३ पटक सम्म नेगेटिभ रिपोर्ट आएपछि दोस्रो तलामा बसेका उनका परिवारसँग भेट गरेका छन् ।
उनी बहुचर्चित अभिनेता जिबनका छोरा हुन् । उनले बब्बी जासुस,जानी दुश्मनलगायतका दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन् ।
यो भन्दा पहिले जोया मोर्नी उनका पीता र बहिनी र कनिका कपुरलाई पनि संक्रमण देखिएको थियो ।
चिनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले बिश्वव्यापी रुपमा फैलिएको छ ।