
प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
गृह मन्त्रालय सचिवस्तरको १३ जेठको निर्णयअनुसार ४ महिलासहित ६० जना प्रहरी निरीक्षकहरू डीएसपीमा बढुवा भएका थिए ।
र याे पनि पढ्नुहाेस : नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा पृथ्वीनारायण ओली
बढुवा भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आईजीपी ज्ञवालीले पदोन्नतिपश्चात् सांगठनिक जिम्मेवारी थपिएकाले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा अन्य प्रहरी अधिकारीको समेत उपस्थिति थियो ।
प्रहरी मुख्यालय नक्सालमा जेठ ४ गते विहान बसेको बढुवा समितिको वैठकले ६० इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको थियो ।
विभागिय टोलीवाट इन्सपेक्टर पृथ्वीनारायण ओली एक नम्बरमा डिएसपी बढुवाका लागी सिफारीस गरेको थियो ।
हेर्नुहाेस यस्ताे थियाे सूची
यस्ताे थियाे पत्र