
काठमाडौं : बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश भएन । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि मंगलबार सार्वजनिक गरेको थियो।
सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची तयार पारेको थियो ।
तर, बुधबार उक्त विधेयक कार्यसूचीबाट हटाइयो र बैठक राखियो ।
भारतले अतिक्रमण गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरिएपछि संविधानको अनुसूची (३) मा रहेको निसान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्नुपर्ने अवस्था आएको हो। निसान छापमा रहेको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको छैन।
उक्त विधेयक राष्ट्रिय एकतासाथ पारितका लागि पहल गर्ने उद्देश्यले संसद्मा छलफल प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।
प्रधानमन्त्रीले संविधानमा विभिन्न राजनीतिक दलका आफ्नै खालको असहमति कायमै रहे पनि ती विषयलाई पनि समयक्रमसँगै छलफल गरेर संसोधनमा लैजान आफु तयार रहेको भन्दै अहिलेलाई सरकारले अघि बढाएको निशान छापको संशोधनको पक्षमा एकताबद्ध भएर उभिन दलहरूलाई आग्रह गरेका थिए।
तर एकाएक स्थगन हुनु र पुर्व भारतीय राजदुत श्याम शरण काठमाडौँको मेरियट होटलमा आउनुले कतै संविधान संसाेधन नहुने त हैन भनेर आम मानिसमा डर पैदा भएकाे छ । भारत र नेपाल दुवैतिर अहिले लकडाउन छ । भारतले जेठ १८ गतेसम्म लकडाउन लम्ब्याएको छ । नेपालले जेठ २० गतेसम्म लकडाउन थपेको छ । दुई देशका सीमा बन्द गरिएको छ । भारतबाट आउने नेपालीबाहेक अन्य गाडी सीमा रोकिएका छन् । खाद्यान्न, औषधिलगायतका सामग्री भारतबाट आउन रोक लागेको छैन ।
हवाई उडान बन्द, सवारीसाधनसमेत बन्द भएको अवस्थामा सोमबार रातिदेखि काठमाडौंमा एकाएक श्यामशरण आएको विषयले तरंग सिर्जना गरेको हो ।
ती माथी भारतीय मिडियाहरुले नेपाल नक्सा बिवादबाट पछि हटेको दाबी गरिरहेका छन् । लकडाउनको समयमा कुटनीतिक शक्तिको प्रयोग गरी नेपाल आएर विभिन्न नेताहरुसँग भेटघाट सुरु गरेको पनि गांइगुइ चल्न थालेपछि कतै संसदमा संसाेधन नहुने त हैन भनेर नेपालीमा डर थियाे तर अहिले संसाेधन नभएपछि धेरै नेपाली निराश बनेका छन् ।
भारतीय मिडिया आजतकले लेखेको छ , ‘नक्सा बिवादलाई लिएर नेपाल पछि हटिसक्यो, भारतको भुमिलाई आफ्नोमा समेटेको नक्सा फिर्ता लिइसकेको छ’ शीर्षकमा समाचार लेखेको छ । आजतकमा भएकाे पुरा समाचार यहाँबाट पढ्नुहाेस
उस्ले लेखेको छ, उक्त्त नक्सा आज संसदबाट पारित हुने भनिएको थियो तर त्यस्तो भएन । अन्तिम समयमा आएर त्यो प्रस्तावलाई अघि नबढाउनुले नेपाल पछि हटेको स्पष्ट पार्छ ।
परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो।@DeubaSherbdr भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र
‘फास्ट ट्रयाक’बाट संविधान संसोधन पारित गरौं।— Gagan Thapa (@thapagk) May 27, 2020
सत्तारुढ दल र कांग्रेस मिलेर उक्त्त नक्साको प्रस्ताव अहिले पास नगर्ने भनेर सहमतिमा गएको आजतकको दाबी छ । भारतसँग बार्ता गरेर मात्र यो कदम अगाडी बढाउनलाई नेपालले यो कदम उठाएको हो, आजतकमा उल्लेख छ । नेपालले कुटनितिक सम्बन्ध जोगाउन परिपक्वता देखाएको बताइएको छ ।
भारतका विदेश मन्त्री प्रबक्त्ता अनुराग श्रीबास्तवले भारतको भुमिलाई आफ्नो नभन्न नेपाललाई पटक पटक आग्रह गरेका थिए ।