
भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या ६ हजार ३ सय ८७ रहेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या १ लाख ५१ हजार ८ सय ७६ पुगेको छ ।
कोरोना संक्रमणबाट विगत चौबीस घण्टामा १ सय ७२ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कूल मृत्यु भएका व्यक्तिको संख्या ४ हजार ३ सय ३७ भएको मन्त्रालयले जनाएको छ । उपचारको क्रममा रहेकामध्ये ६४ हजार ४ सय ७७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । भने अहिले ८२ हजार १ सय ७२ जना उपचार गराइरहेका छन् तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
भारतीय राज्य महाराष्ट्रमा कोविड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । यहाँ हालसम्म ५४ हजार ७ सय ५८ जना संक्रमित भेटिएका छन् । तमिलनाडुमा १७ हजार ७ सय २८ तथा गुजरातमा १४ हजार ८ सय २१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४ सय ६५ जना संक्रमित देखिएका छन् ।