
पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार सोही स्थानको गाईघाट नदीमा हातखुट्टा धुने गएका परियारको शव काली र सेती खोलाबीचको खोँचमा शव फेला परेको थियो ।
गत बैशाख ११ गते ताप्लेजुङको त्रिवेणी गाउँपालिका-२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका थिए ।