
विश्वभर कोरोना भाइस संक्रमणबाट जीवन गुमाउनेको संख्या बुधबार बिहान ७ बजेसम्म ३ लाख ५२ हजार १ सय ६२ पुगेको छ ।
विश्वमा अहिलेसम्म ५६ लाख ८१ हजार ६ सय ९ जना कोरोना भाइरस संक्रमित भएका छन् । त्यसमध्ये २४ लाख ३० हजार ४ सय ९० जनाले भने कोरानालाई जित्न सफल भएका छन् ।
२८ लाख ९८ हजार ९ सय ५७ जना अझै कोरोनाविरुद्ध संघर्ष गरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७ सय ७४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ७९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ४ लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४४ हजार ७ सय २७ जनामध्ये १७ हजार १ सय ५८ जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २८ हजार २ सय २० जनाको मृत्यु भएको छ । १० लाख २ हजार ९ सय १८ जना संक्रमित भएकोमा ५ लाख ८९ हजार ३९ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ३३ हजार ९३० जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ७४२ जना संक्रमित भएकोमा २ लाख ७२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ६१३ जनाको ज्यान गएको छ भने १ लाख २१ हजार ५४७ जना संक्रमित छन् । संक्रमितमध्ये ४९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २३ जनाको मृत्यु भएको छ । ८ हजार ७४१ जना संक्रमित भएकोमा ८ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।