
२०७७ साल जेठ शुक्लपक्ष १४ गते बुधवार पंचमी तिथि पुष्य नक्षत्र चन्द्रमा कर्कट राशिमा ।
मेष राशि : घर परिवारमा कलहको वातावरणले वा मातको स्वास्थ्यमा समस्या हुने कारणले गर्दा आर्थिक हानिको साथै मनमा अशान्ति छाउने छ । यात्राको अवसर भने मिल्न सक्नेछ ।
वृषः आर्थिक पक्ष बलियो छ । फसेको धन वा कसैले सापटि लगेको धन पाउने समय छ । दाजुभाइ दिदीबहिनी सँगको सम्वन्ध राम्रो भएर जानेछ । पराक्रम वढ्नुका साथै ठुला व्यक्तिले प्रशंसा गर्ने छन् ।
मिथुनः बोल्दा विचार गर्नुहोला अन्यथा बोलीको कारण झगडाको पर्न सक्छ । दाँत वा घाटीको स्वास्थ्यमा समस्या पनि देखापर्न सक्नेछ । आउँदै गरेको धन रोकिन सक्छ ।
कर्कटः व्यत्तित्वको प्रभाव राम्रो हुनुका साथै अरुको मन सजिलै जित्न सकिनेछ । पराक्रम बढेर जानेछ । काममा प्रशंसा प्राप्त हुनुका साथै पुरस्कारहरु पाउन सक्नुहुनेछ ।
सिंहः समय राम्रो छैन अर्थिक हानी वा बहुमुल्य सामान हराउन सक्छ । गरेको काममा बाधा अड्चन देखा पर्न सक्नेछ । सामान्य स्वाथ्यमा पनि समस्या देखापर्न सक्छ ।
कन्याः देश विदेशबाट लाभ लिन सक्ने समय छ दाजु वा दिदीको सहयोगले महत्वपूर्ण काम वन्नेछ । आर्थिक लाभ साथै काममा प्रशंसा प्राप्त हुने योग देखिएको छ ।
तुला : गरेको काममा सफलता हात पर्ने छ । सहयो गर्ने व्यक्तिको कारण कामहरु बन्नेछन् । थोरै मेनतमा पनि ठुलो सफलता हात पर्ने देखिन्छ । दिन राम्रो छ मनमा खुसि छाउनेछ ।
वृश्चिक : भाग्यमानी बन्नु हुनेछ । राकिएको काम सम्पन्न भएर जानुका साथै नयाँ कामहरु प्राप्त हुने देखिन्छन् । व्यपार व्यबसाय वाट राम्रो लाभ हात पर्नेछ । नयाँ काम सुरु गर्ने विचारमा हुनुहुन्छ भने समय राम्रो छ ।
धनुः गुप्तविद्या प्राप्तहुनेछ । चोटपटकको सम्भावना छ संम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै सानो कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर : व्यपार व्यबसाय राम्रो हुनुका साथै आर्थिक लाभ सोचेभन्दा राम्रो हुने छ । दाम्पत्य जीवनमा भएको समस्या हटेर जनेछ ।
कुम्भ : शत्रु वृद्धि हुनुका साथै काममा वाधा पार्नेहरुको संख्या बढी देखिन्छ । त्यसैले संम्यमित भएर काम गर्नुहोला । नयाँ ठाउँमा लगानी गर्ने बिचार गर्दै हुनुहुन्छ भने धेरै सोचविचार र परामर्श लिएर मात्र उक्त काम गर्नुहोला अन्यथा लगानी डुब्न सक्ने देखिन्छ ।
मीन : सन्तान सुख पाउने योग देखिएको छ भने विद्यार्थीको लागि अध्यन क्षेत्र राम्रो भएर जानेछ । बुद्धि बढ्नुका साथै तपाइको बुद्धिको प्रशंसा अरुले गर्ने छन् । प्रेममा पनि राम्रो भएर जानेछ ।