
सरकारले बिभिन्न अस्पताललाई स्वास्थ्यकर्मी तथा सहयोगीहरूको ड्युटी सिफ्ट मिलान गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणको व्यवस्थापन तथा रोकथाममा लागेका चिकित्सकहरूनै संक्रमित हुन थालेकाले सेवा प्रवाहमा कठानाई नहोस् भनेर यस्तो निर्देशन दिएको जनाइएको हो।
एक/एक हप्ताका हिसावले ड्युटी सिफ्ट मिलाउन मन्त्रालयको निर्देशन छ।
कोरोना संक्रमितको सम्पर्कमा पुगेकाले स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाईनमा
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बसेका छन् ।
उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत हेटौडा ४ हुप्राकि एक महिलालाई बुधबार भेट्न अस्पताल
पुगेका थिए ।
विहिवार ती महिलालाई कोरोना संक्रमणको आशंका गरि नमूना परिक्षण गरेसँग मन्त्री ढकाल स्वास्थ्य मन्त्रालय नआई होम क्वारेन्टाइनमा बस्न थालेको मन्त्रालयले स्रोतले जनाएको छ ।
उपचाररत महिलाको शनिवार रिपोर्ट पोजेटिभ आएकाले हाल त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको आईसुलेसन वार्डमा उपचार भैरहेको छ ।
ढकालको यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ रिपोर्ट आए लगत्ते पनि पिसिआर परिक्षण गरिएको थियो र आज मंगलबार पुनः स्वाब संकलन गरिएको छ ।
रिपोर्ट आजै बेलुका सम्म आउछ, रिपोर्ट आएपछि मात्र मन्त्री ढकालको आगामी कार्यक्रम तय हुने मन्त्रालय स्रोतले जनाएको छ ।
मनमोहन कार्डियोमा उपचाररत महिला मन्त्रीको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु ३ दिनअघि भेट्न गएको बुझिएको छ ।