
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।
नवराजको समर्थनमा पुरा नेपाली उत्रिएको छन् । संसदमा पनि उनकाे बारेमा कुरा उठ्याे । उनकाे समर्थनमा सारा नेपाली जागेका छन् । संसदमा बाेल्दै राष्ट्रियसभामा बोल्दै गृहमन्त्री थापाले भने , ‘उनीहरु ३ वर्ष देखि प्रेम सम्बन्धमा थिए’ भनेर प्रस्ट्राएका थिए । त्यसपछि पुजा शर्मा हामी छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय विभेदसँग ? भन्दै उनकाे समर्थनमा उत्रिइन ।
अब अहिले अमेरिकामा रहेकी अभिनेत्री जल शाहले नेपालमा भएको अन्तरजातिय प्रेमका कारण जाजरकोटमा २१ वर्षिय नवराज विक र उनका दुई साथीको हत्याको बिरोध गरेकी छिन् ।
जातलाई लिएर नेपालमा भएको हत्याको अभिनेत्री शाहले आश्चर्यता प्रकट गरेकी छिन् ।
‘जातलाई लिएर हत्या ? अ’पराधीहरूको अन्धविश्वासको कारणले पिडितले उनीहरूको बेइज्जत गर्यो वा समान संस्कृति सहितको समुदाय वा धर्मको सिद्धान्तको उल्लंघन र्गयो वा गर्छ भन्ने सोच राख्नु आफैमा लज्जास्पद कुरा हो । यो कस्तो गलत प्रचलन ?
कसैले पनि आफ्नो जातको आधारमा कसैको ज्यान लिने अधिकार छैन । केही देशहरूको न्याय प्रणालीले, विद्यमान कानुनहरूको कार्यान्वयनको कमीले होस् या त परिवारको सम्मानको नाममा हुने भे’दभावका कारणले होस्, कडा दण्ड वा मुद्दा चलाइदैन, यो कस्तो बिडम्बना ? अपराधिलाई तत्काल कड़ा भन्दा कडा सजाय होस्’, अभिनेत्री जल शाहले भेरिफाइड फ्यान पेजमा लेखेकी छिन् ।