
बलिउड फिल्मका अभिनेता एवं निर्देशक करण जोहर ४९ वर्षका भए ।
उनको जन्म सन् १९७२ मा मे २५ तारिखमा मुम्बई, महाराष्ट्रमा भएको थियो ।
उनकाे बारेमा १० तथ्य जानाैं
१. बलिउडमा करण जोहरले आफ्नो करियरको सुरुवात नायकको रुपमा गरे । उनले सन् १९८९ मा दुरदर्शन सिरियल ‘श्रीकान्त’ मा पहिलो पटक अभिनय गरेका थिए ।
२. करण जोहर पहिलो भारतीय फिल्म निर्देशक हुन् जो सन् २००६ को सेप्टेम्बर ३० मा पोल्याण्डमा भएको ‘मिस वर्ल्ड प्रतियोगिता’ का ज्यूरी मेम्बर बने ।
३. करण जोहर एक्ला व्यक्ति हुन् जसले सन् २००७ मा जेनेभास्थित वर्ल्ड इकोनोमिक फर्ममा वर्ल्ड बेस्ट ‘२५० ग्लोबल यंग लिडर्स’ छानिए ।
४. करण जोहर आफ्ना लागि ‘क’ शब्दलाई लक्की मान्छन् । उनको धेरैजसो फिल्मको नाम ‘क’ बाट सुरु हुन्छ । तर ‘लगे रहो मुन्नाभाइ’ पछि उनले यसको प्रयोग गर्न बन्द गरे ।
५. करण जोहरले ‘कुछ कुछ होता हे’ फिल्ममा पहिलो पटक त्रिकोणात्मक प्रेम–कथाको प्रयोग गरे ।
६. कुर्बान फिल्मलाई सुरुमा करण जोहरले निर्देशन गर्ने तयारीमा थिए । तर ‘कभी खुसी कभी गम’ का कारण उनले यो प्रोजेक्टलाई बीचमा नै छोडिदिए ।
७. करण जोहरको इच्छा ओस्करको रेड कार्पेटमा हिँड्ने र एकेडेमी अवार्ड जित्ने हो ।
८. करण जोहरले फ्रेन्चमा मास्टर डिग्री गरेका छन् ।
९. करणले ‘मोहब्बतें’ फिल्ममा अमिताभ बच्चन, ‘वीर–जारा’ र ‘दिल तो पागल हे’ मा शाहरुख खानका कस्ट्युम डिजाइन गरेका छन् ।
१०. सँगै काम गर्नका लागि शाहरुख खान करण जोहरका मनपर्ने नायक होइनन् । यो मामलामा उनी ऋतिक रोशनलाई मन पराउँछन् ।
सोनम उनलाई शुभकामना दिने पहिलो ब्यक्त्ति बनिन्, उनले उनीहरु दुइजनाको २ ओटा फोटो शेयर गर्दै ह्यापी बर्डडे डार्लिङ् भनेर लेखेपछि करणका फ्यानहरुले शुभकामना दिन शुरु गरे ।
https://www.instagram.com/p/CAl8PqalD0d/
त्यसपछि करणको गसिप क्वीन करिनाले उनलाई जन्मदिनको शुभकामना दिईन् । उनले तस्विर शेयर गर्दै दिनका दिन सेक्*सी हुदै गएको भएर कमेन्ट गरिन् । जुन अहिले बलिउडमा भाइरल बनिरहेको छ ।
https://www.instagram.com/p/CAmWUyrJS6j/
करणको ‘ये दिल हे मुस्किल’मा काम गरेकी अनुष्का शर्माले पनि उनलाई जन्मदिनको शुभकामना दिइन् ।
त्यसपछि पालो आयो काजोलको । काजोल र करण बेस्ट्र फेन्ड हुन् । काजोलको औलामा गनिने साथीमध्येका एक हुन् करण । सधै एक दिन अघि या पछि शुभकामना दिने उनले यो पटक भने जन्मदिनकै दिन शुभकामना दिएको भन्दै फ्यानहरु चकित भएका छन् ।