
विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या सोमबार बेलुका ९ बजेसम्म ५५ लाख ४१ हजार ९ सय ३६ पुगेको छ ।
अहिलेसम्म विश्वभर ३ लाख ४७ हजार ३ सय ७४ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर २ हजार ८ सय २६ व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ९१ हजार २ सय ६ रहेका छन् भने ब्राजिलमा ३ लाख ६५ हजार २ सय १३, रूसमा ३ लाख ५३ हजार ४ सय २७, स्पेनमा २ लाख ८२ हजार ८ सय ५२, बेलायतमा २ लाख ५९ हजार ५ सय ५९ र इटलीमा दुई लाख २९ हजार ८ सय ५८ सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९९ हजार ३ सय ९६ पुगेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२, फ्रान्समा २८ हजार ३ सय ६७ र ब्राजिलमा २२ हजार ७ सय ४६ सङ्क्रमितको मृत्यु भएको छ ।
सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।
एशियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बङ्गलादेश सिङ्गापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।