
बलिउड अभिनेता सोनु सूदले लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् । कोरोनाभाइरसको रोकथाम लागि गरिएको लकडाउनका कारण समस्यामा परेकालाई उनले सहयोग गरिरहेका छन् । भारतिय मिडियाका अनुसार उनले लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पुर्याइरहेका छन् ।
उनले अलपत्र मजदुरलाई बसमा घर पुर्याउने र खानेकुराको व्यवस्था गर्ने गरेका छन् । उनले हालसम्म कयौंका लागि गाडीको व्यवस्था गरेको बताइएको छ । केहि समयअघि भोक भोकै रहेको मजदुरका लागि उनले खाना खुवाएका थिए ।
अहिले उनको चौतर्फी प्रशंशा भइरहेको छ । यसै क्रममा ट्वीटरमा एक फ्यनले भने , ‘भैया म घरमा थुनिएको छु के तिमी मलाई रक्सी पसल सम्म पुर्याउन सक्छौं’ ?
Wish u a happy journey bhai ❣️ बोला था ना कल माँ के हाथ का खाना खाओगे। बिहार पहुँच कर सबको सलाम कहना। https://t.co/eGhdAXYtlW
— sonu sood (@SonuSood) May 23, 2020
उनको यो प्रश्नमा सोनु रिसाउँछन् होला भनेर धेरैले अडकल काटेका थिए तर सोनुमा सहजै जवाफ फर्काए । म रक्सी पसलबाट घर सम्म चै जान सहयोग गर्न सक्छु । उनको यो उत्तर सुनेर उनका फ्यान खुशी मात्र भएन्न जयजयकार नै गर्न भ्याए । अहिले ट्वीटरमा उनको फ्यान फ्लोवर बढिरहेका छन् । उनको सहयोगी हातलाई केटीएम दैनिकको तर्फबाट पनि नमन गर्न चाहन्छौं ।