
प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको जानकारी दिए ।
महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनको भनाइ थियो । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको बताउँदै ओलीले भने , “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।”
सरकार नागरिकप्रति संवेदनशील रहेको स्पष्ट पार्दै ओली भन्छन् “सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको छ ।” जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने भन्दै ओली भन्छन् , “यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ ।”