काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ७ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् ।
संक्रमितहरु अछाम जिल्लाका १ जना, बर्दिया जिल्लाका ३ जना पर्सा जिल्लाका १ जना र काठमाडौं स्थायी घर भइ बारा कलैया बस्ने १ जना पुरुष गरेर छ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेका संख्या ४ पुगेको छ भने संक्रमित हुनेको संख्या ६८२ पुगेको छ अहिलेसम्म कोरोनामुत्त भएर घर फर्कनेको व्यक्तिहरु ११२ जना पुगेका छन् ।
पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का ७ जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म प्रदेश १ मा ८६ जना संक्रमित फेला परेका छन् ।
प्रदेश २ का सम्पूर्ण जिल्ला (८ वटै ) जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म प्रदेश २ मा २३५ जना संक्रमित फेला परेका छन् ।
बाग्मति प्रदेशका ११ जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म बाग्मति प्रदेशमा मा ३८ जना संक्रमित भेटिएका छन् भने १ जनाको ज्यान गइसकेको छ ।
गण्डकी प्रदेशका ३ जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा मा ५ जना संक्रमित भेटिएका छन् तीमध्ये २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्, निको भएर फर्केने बाग्लुङ्ग जिल्लाका हुन् । ३ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रदेश ५ का ७ जिल्लामा संक्रमण फैलिएको छ । सो प्रदेशमा मा २९२ जना संक्रमित फेला परेका छन्।
कर्णाली का २ जिल्लामा संक्रमण फैलिएको छ । सो प्रदेशमा मा ११ जना संक्रमित फेला ती सबै संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
सुदुरपश्चिम प्रदेशका ५ जिल्लामा संक्रमण फैलिएको छ । सो प्रदेशमा मा १५ जना संक्रमित फेला परेका छन् ।