
लकडाउनसँगै काठमाडौं उपत्यकामा बस्दै आएका ठूलो संख्याका मानिस बाहिरिएपछि केहि सुरक्षित मानिएको काठमाडौंमा कोरोना संक्रमितको संख्या थपिंदै जान थालेपछि असुरक्षा बढ्दै गएको छ ।
कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लाबाट आउनेहरुलाई रोक्नका लागि राजधानी प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिनुका साथै विगतमा स्थानीय प्रशासनमार्फत उपलब्ध गराइँदै आएको सबैखाले पास रद्द गरिए पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या विस्तारै बढ्न थालेको छ । आज (सोमबार) एकैपल्ट तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमतिको संख्या ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि आइतबार पनि काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार नै कोरोना संक्रमण पुष्टि भएका नुवाकोट ककानी–३ का ३९ वर्षीय पुरुषलाई पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ । उनी स्थानीय नेकपाका नेता समेत रहेको पाइएको छ । उनी काठमाडौं बारम्बार आउजाउ गर्ने व्यक्ति भएको पाइएको छ ।
थप एक व्यक्तिको निधन र अन्य केही संक्रमितहरु निको भएको अपुष्ट खबर आएतापनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारेमा केही नबोलेको हुनाले तलको तालिकामा उनीहरुलाई समावेश नगरिएको जानकारी गराउन चाहन्छौं ।
जिल्ला | कुल संक्रमित | निको भएका | ज्यान गुमाउने |
---|---|---|---|
जम्मा | ६७५ | ८७ | ३ |
बाँके | १४६ | २१ | १ |
पर्सा | ९४ | ७ | |
कपिलवस्तु | ८३ | ||
रौतहट | ४९ | ३ | |
रुपन्देही | ४३ | ११ | |
झापा | ३५ | २ | |
सर्लाही | ३५ | ||
बारा | ३५ | २ | |
उदयपुर | ३३ | २३ | |
काठमाडौं | १५ | ४ | |
धनुषा | १२ | १ | |
दैलेख | ८ | ||
धनकुटा | ७ | ||
कैलाली | ७ | ४ | |
नवलपरासी (पश्चिम) | ६ | ||
चितवन | ६ | २ | |
मोरङ्ग | ६ | ||
बैतडी | ५ | ||
दाङ्ग | ५ | ||
भक्तपुर | ४ | २ | |
बर्दिया | ४ | ||
सप्तरी | ४ | ||
महोत्तरी | ३ | ||
धादिङ्ग | ३ | १ | |
सुनसरी | ३ | ||
मकवानपुर | ३ | ||
सुर्खेत | ३ | ||
नवलपरासी ( पूर्व ) | २ | ||
बाग्लुङ | २ | २ | |
गुल्मि | २ | १ | |
भोजपुर | १ | १ | |
कञ्चनपुर | १ | १ | |
सिराहा | १ | ||
काभ्रे | १ | ||
सिन्धुपाल्चोक | १ | १ | |
खोटाङ्ग | १ | ||
ललितपुर | १ | ||
रामेछाप | १ | ||
सिन्धुली | १ | ||
लमजुङ्ग | १ | ||
डडेलुधरा | १ | ||
नुवाकोट | १ |