
आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।
नियमित कार्यतालिकाअनुसार बैठक बस्न लागेको उनले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रण र बजेटबारे बैठकमा छलफल हुनसक्ने बताइएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सल्लाहकार थापाले साँझ ५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिए । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।