
नेपालमा पहिलो पटक कोरोना संक्रमित नर्स आज कपिलवस्तु अस्पतालबाट पूर्ण रुपमा ठिक भएर डिस्चार्ज भएकी छन ।
कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना संक्रमित नर्सको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज भएकी हुन् ।
पहिलो स्वाब परीक्षण गर्दा वैशाख ३० गते तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएको थियो ।नेपालकै पहिलो स्वास्थ्यकर्मीका रुपमा उनलाई कोरोना देखिएपनि आईसोलेशनबाटै उनले कोरोना जितेर सोमबार घर फर्किएकी अस्पताल स्रोतले जनाएको छ ।
उनकोको दोस्रो र तेस्रो रिपोर्ट भने नेगेटिभ आएको छ । उनले आफू संक्रमणमुक्त भएको जानकारी दिदै अस्पतालमा बस्दा स्वास्थ्य लाभको शुभकामना दिनुहुने सबैलाई धन्यवाद दिएकी छन् ।उनले डिस्चार्ज भएर पनि घरमा गएर सात दिन सेल्फ क्वारेनटाइनमा बस्ने बताइन । कोरोनासंग लड्न आत्मबल चाहिने उनको भनाई छ ।त्यस्तै टेकु अस्पतालले कोरोना संक्रमणमुक्त भएका तीन जनालाई डिस्चार्जको तयारी गरेको छ। उनीहरुलाई विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका र अहिले संक्रमणमुक्त भएकाले डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ।
संक्रमितहरु निको भएको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने केही भनेको छैन । दिउँसो सबा ४ बजे हुने नियमित प्रेस ब्रिफिङ्गमा यसबारे बताइने बुझिएको छ ।