
प्रदेश २ मा एकै दिन ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश २ कै छन् ।
सबैभन्दा बढी रौतहटमा थपिएका छन् । रौतहटमा २६ जना थपिंदा बारामा २३ जना थपिएका छन् । धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएका छन् ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् । पर्सामा ९४ जना, रौतहटमा ४९ जना, बारामा ३५ जना, सर्लाहीमा ३५ जना, धनुषामा १२ जना, सप्तरीमा ४ जना, महोत्तरीमा ३ जना र सिरहामा १ जना संक्रमित देखापरेका छन् ।
र यो पनि पढ्नुहोस् :