
काठमाडौँको टोखामा आज संक्रमित भेटिएका व्यक्ति एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञिप्तमार्फत कोरोना पुष्टि भएको जानकारी गराएको हो । संक्रमित टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको खुलेको छ। यस्तै टोखा ६ का अर्का संक्रमित स्थानीय किराना पसले रहेको खुलेको छ। त्यस्तै अर्का एक जना बुढानिलकण्ठमा समाज सेवामा खटिने व्यक्ति रहेका छन्।
लकडाउनको समयमा राहत वितरण गर्ने र आफ्नै निजी गाडीमा बिरामीलाई अस्पताल लैजान समेत सक्रिय रुपमा खटिएका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार संक्रमण देखिएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको छ।
‘उहाँ निकै सक्रिय रुपमा समाज सेवामा खटिनु भएको थियो,’ ति कर्मचारीले भने ‘आफैं गाडि चलाएर बिरामीलाई अस्पतालमा समेत लैजानुहुन्थ्यो तर उहाँलाई नै संक्रमण भयो।’उनका अनुसार ३७ वर्षे बुढानिलकण्डका ती संक्रमितको अवस्था सामान्य रहेको छ।
मन्त्रालयको टोलीले उनको नजिकमा रहेका र सम्पर्कमा आएकाहरुको पनि पिसिआर परीक्षणको तयारी गरेको छ।
र यो पनि पढ्नुहोस् :