
भरतपुर अस्पतालको आइसोलेसन कक्षमा एक जना पुरुषको ज्यान गएको छ ।
रामग्राम ७, नवलपरासीका ४८ वर्षीय पुरुषको सोमबार बिहान निधन भएको हो ।
अस्पताल श्रोतले जानकारी दिए अनुसार ती पुरुष निमोनियाबाट ग्रसित थिए ।
मृतक पुरुषमा कोरोनाको आशंका गरिएको छ । अस्पताल श्रोतका अनुसार उनको बिहान ३ बजे निधन भएको हो ।
उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेको थियो ।
राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराइएको थियो ।
२ दिन पहिले खाना खाएपछि बान्ता भएको र लगत्तै सास फेर्न गार्हो भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए ।
उनको लुम्बिनीमा स्वाब परिक्षण हुँदै छ ।
बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन ।
केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।
यता भरतपुर अस्पतालले पनि मृतक पुरूषको स्वाब परिक्षणका लागि पठाउने तयारी गरेको छ ।