
२०७७ साल जेठ कृष्ण्पक्ष १२ गते सोमवार तृतीया तिथि आद्र्रा नक्षत्र चन्द्रमा मिथुन राशिमा ।
मेष राशि : आज दिन राम्रो छ, सोचेको भन्दा राम्रो सफलता हात पर्नेछ । आर्थिक लाभको साथै काममा नँया अवसर प्राप्त हुन सक्नेछ । विद्यार्थीको लागि पढाइका क्षेत्रहरु राम्रो भएर जानेछन् ।
वृषः आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चीत हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्ने कारणले गर्दा मन विचलन हुनेछ ।
मिथुनः सन्तान सुखको समय छ । प्रेम वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । गरेको व्यपार व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ ।
कर्कटः शत्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा बाधा आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावश्यक यात्रा वा झगडा पर्न सक्नेछ सतर्क रहनु होला ।
सिंहः आर्थिक लाभ हुनुका साथै लगानी गर्ने नयाँ अवसर प्राप्तहुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेश सँग सम्वन्धित कामहरु बन्नेछन् ।
कन्याः कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन डुब्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ ।
तुला : गरेको काममा भाग्यले साथ दिनुका साथै थोरै मेनतमा पनि धेरै लाभ प्राप्त हुन सक्नेछ । नयाँ अवरको सदुपयोग गर्नुहोला राम्रो हुनुका साथै लगानि डुब्ने सम्भावना कम हुनेछ ।
वृश्चिक : चोटपटक लाग्ने वा स्वास्थ्य समस्या हुन सक्नेछ । खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ ।
धनुः कामको पाटनर सँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नयाँ व्यक्तिसँगको भेटले मन रमाउनुको साथै नयाँ अवसर प्राप्त हुन सक्ने देखिन्छ ।
मकर : शत्रु बढ्नुका साथै स्वास्थ्य समस्या देखा पर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण वन्न सक्छ संम्यमता अपनाउदा राम्रो हुनेछ ।
कुम्भ : बल वुद्धि बढेर जानेछ । काममा सफलता पाइने भएकाले मनमा मनमा प्रसन्नता छाउने छ । सन्तान सुख तथा माताको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।
मीन : धरै राम्रो समय छैन । आर्थिक हानिका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । बोल्दा विचार गर्नुहोला अन्यथा शत्रु वढ्नेछन् ।