
चर्चित युटुवर भाग्य न्यौपाने मोटरसाईकल दुर्घटनामा परेका छन् ।
सामाजिक काम सहयोगार्थ सहयोगको लागि जाने क्रममा आफु दुर्घटनामा परेको उनले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् । उनको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ भने उनी खतरामुक्त भएका छन् ।
उनले सामाजिक सन्जालमा दुर्घटनाबारे जानकारी गराउदैं भनेका छन् ,
मेरो लागि आज दु:खद दिन ..??
सेवा गर्न जाँदा यस्तो भयो..
काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि
मलाई धेरै पटक कल गर्नुभयो,
पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि..
म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो accident भयो
र आज मैले २ बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो .. ?
हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ..
सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु ..
X- Ray रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो असर देखाएको छैन .. ??