आज साँझ जनकपुरमा हावाहुरीसहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ ।
मलहापुर नगरपालिका–८ सर्नियाटोलका ४५ वर्षीय राजकुमार बैठाको चट्याङबाट मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बैठाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।
हावाहुरी र चट्याङले अन्य के कति क्षति भयो यकिन हुन सकेको छैन ।
त्यस्तै भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा रहेका छन् ।
उनकाे उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् ।
घटना साँझ ५ः४५ मा भएको थियो ।