
भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा रहेका छन् ।
उनकाे उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् ।
घटना साँझ ५ः४५ मा भएको थियो ।