
सलमान खानसँग रेडी फिल्ममा अमर चौधरीको भुमिका निभाएका मोहित बेगलको २६ वर्षको उमेरमा निधन भएको छ ।
सलमानले उनलाई डेब्यु गराएकाे र आफ्नाे भाईलाई जस्ताे केयर गर्ने भएकाेले उनलाई धेरैले सलमानकाे भाइकाे उपनामले चिन्ने गरेकाे भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
तर उनले माेहितकाे मृत्युकाे बारेमा औपचारिक रुपमा केही बाेलेका छैन्न तर उनी शाेकमा डुबेकाे समाचारमा बताइएको छ । मोहित ६ महिना अगाडी देखि दिल्लीको एक अस्पतालमा क्यान्सरसँग लडिरहेका थिए । उनले क्यान्सरलाई जित्न सकेन्न र सानै उमेरमा ज्यान गुमाए ।
उनलाई ड्रिम गर्ल फिल्म खेल्नको लागि अफर आएपनि समय व्यस्तताको कारणले उक्त अवसर गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोहितले कमेडी सर्कस, जब्बरीया जोडीजस्ता टेलिफिल्ममा समेत काम गरेका थिए ।
उनको निधनमा बलिउड शोकमा डुबेको छ । बलिउड अभिनेत्री परनीति चोपडाले ट्वीट मार्फत दुख व्यक्त्त गरेकी छिन् । मोहित एकदमै इमान्दार भएकोले उनीसँग काम गर्न सहज भएको चोपडाले उक्त ट्विटमा बताएकी छिन् ।
One of the nicesttt people to work with! Happy, positive and motivated always. Love you Mohit. RIP? #JabariyaJodi https://t.co/b0Gr6GpCxg
— Parineeti Chopra (@ParineetiChopra) May 23, 2020
त्यस्तै “ये रिस्ता क्या केहेलाता हे” नामक टेलिफिल्मबाट चर्चित भएका नक्क्ष अर्थात रोहन मेहराले पनि उनको निधनमा दुख व्यक्त्त गरेका छन् ।
https://www.instagram.com/p/CAhx9HwFhMI/?utm_source=ig_embed