
काठमाडौं । पछिल्लो समय नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् ।
आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।
संक्रमितको संख्या ६०३ पुग्दा ५२४ जना पुरुष छन् भने ७९ जना महिला रहेका छन् । तीमध्ये केही नाबालकहरु पनि छन् ।
अहिलेसम्म ४२ जिल्लामा संक्रमण फैलिएको छ । नुवाकोट जिल्लामा आज नयाँ संक्रमित भेटिएसँगै संख्या ४२ पुगेको हो ।
नारायणी अस्पतालबाट ७ जना (जम्मा ९ जना हुन् तर पुरानो संक्रमित फेरी अस्पताल भर्ना भएकाले ७ मात्र जोडिएको) र बुटलबल धागो कारखानाबाट १० जना निको भएसँगै निको हुनेको संख्या ८७ पुगेको छ ।