
एक भिडियो अन्तर्वार्ताको कारण आज वर्षा राउत आलोचित बनेकी छिन् । बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो जमात नै छ । उनको इन्स्ट्राको फल्वर्स घटाउने देखि लिएर उनको फिल्म बहिष्कार गर्ने सम्मको कुरा भए ।
उनले त्यस्को गल्ती स्वीकार्दै लामो स्टाटस त लेखिन तर त्यो पनि बिवास्पद नै छ । सबैले आलोचना गरेपछि रिमा विश्वकर्मा उनको बचाउमा उत्रेकी छिन् ।
उनले “जिरो टोलरेन्स” नामक गुप्रमा आफ्नो प्रतिक्रिया राखेकी हुन् । उनले लेखेकी छिन्, “हैन,कस्तो समाजमा हुर्किदै छौं हामी !! कति बेला कस्ले के गल्ती गर्छ र उसमाथी खनिउ भनेर बसे जस्तो” ।
उनी फेरि थप्छिन् , आफ्नाले आफ्नालाई चै जे भन्दा पनि हुने अनि अर्काले चै राष्ट्रवादी अपमानको नारा लगाउने ? स्मरण होस हामी मानव हौं । यहाँ कोहि पनि पुर्ण दक्ष छैन । शव्द केलाउने होईन आशय, आचरण र अभिव्यक्त्तिको मनसाय बुझ्ने प्रयास गरौं । भुलचुक भएका र नजानेकालाई सिकाउँ । सभ्य समाजको निर्माणमा जुटौं ।
उनले ह्याजट्याग मार्फत #ISUPPORT भन्दै धेरै कलाकारहरुको नाम लेखेकी छन् । स्मरण रहोस उनी केहि समय अगाडी कालो चिया बनाउन नजान्ने अभिव्यक्त्तिका कारण चर्चामा आएकी थिइन् ।
