
काठमाडौँ । बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्।
७४ वर्षीय कुमारलाई कुनै पनि लक्षण बिना नै संक्रमण भएको बताएका छन् ।
धड्कनका कलाकारले भने, “मलाई केहि लक्षण नै देखिएन, सामन्य चेकअपको लागि जाँदा कोरोना संक्रमण भएको थाहा पाए । म अहिले घरकै सेल्फ क्वारेन्टाइनमा बसिरहेको छु र सुरक्षित छु ।”
उनी परिबारसँग सामाजिक दुरी कायम गरेर बसेका छन् । उनको अर्को नतिजा मे २६ मा आउने बताइएको छ । उनको परिवार फ्लाटको दोस्रो तलामा बसेका छन् भने उनी तेस्रो तलामा बस्छन् ।
उनी बहुचर्चित अभिनेता जिबनका छोरा हुन् । उनले बब्बी जासुस,जानी दुश्मनलगायतका दर्जनाैं फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई स्वास्थ्य लाभको कामना ।
याे भन्दा पहिले जाेया माेर्नी उनका पीता र बहिनी र कनिका कपुरलाई पनि संक्रमण देखिएकाे थियाे ।
चिनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले बिश्वव्यापी रुपमा फैलिएको छ ।