
नायिका बर्षा राउतले एक भिडियो अन्तर्वार्तामा बोलेको विवादास्पद बोलीका कारण सामाजिक सञ्जाल तातिएको छ । उनले भारतीय मिडियाले मनिषा कोईरालालाई गालि गलौंज गरिरहँदा त्यस विषयमा बोलेका नेपाली मिडियाले गर्दा उनले सलमान खानसँग कुरा गर्न नपाएको जस्तो अनावश्यक बेतुकको अभिव्यक्ति दिएकी छिन् । उनी खुलेआम भारत र ईण्डियन फ्रेण्डको पक्षमा उभिएकी छन् ।
उनले उक्त्त अन्तर्वार्तामा भनेकी छिन्, भारतका मिडिया र नेपालका मिडियाले गर्दा भारतको फ्रेण्डसँग फेस गर्न गाह्रो भो । लिपुलेकको विषय त टेबल टक गरेर पो मिलाउने हो यसरी झगडा गरेर/गराएर हुन्छ । बर्षा राउत यहाँ देशको प्रतिष्ठा र माटोको सवाल छ भनेर फ्यानहरु आक्राेशित बनेका छन् ।
यस्तो विवादास्पद बोली बोलेका कारण उनी सामाजिक संजालमा आक्रोसको पात्र बनेकी छिन् । विवादमा कम नै आउने र दर्शकबाट थोरै संख्यामा मात्रै नकारात्मक टिप्पणी पाउने यी नायिकाको यो अभिव्यक्तिका कारण भने दर्शक दुई भागमा बाडिएका छन् । कसैले उनको समर्थन गरिरहेका छन् भने कतिपयले उनलाई गालि गरिरहेका छन् ।
उनको एक पोष्ट सार्वजनिक गर्दै मनिषा कोइराला र सिमाको विषयमा उनी सम्बेदनशील रहेको केही समर्थक बताउँदै छन् । तर कतिपयले भने देश बाँकी रहे मित्रता अगाडी बढाउँदै जाउला भनेर टिप्पणी गरेका छन् । साथै उनी जस्तो कलाकारबाट यस प्रकारको प्रतिक्रिया अपेक्षा नगरेको समेत बताएका छन् । कति सामाजिक संजाल प्रयोगकर्ता भने यतिसम्म आक्रोशित छन् कि भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान भनिरहेका छन् ।
अहिले उनीले आफुले आफ्नै खुट्टामा बन्चरो हाने जस्तै भएको छ किनभने नेपालीहरु राष्ट्रियताको सबालमा कसैसँग पनि कम्प्रमाइज गर्दैन्न । अरु कुरामा बिवाद गरेपनि राष्ट्रको भुमि फिर्ता ल्याउन सबै लागि परेका छन् ।
केहि दिन अघि मात्र सरकारको विपक्षमा रहेका मिनेन्द्र रिजालले भारतीय मिडियामा दिएको अभिव्यक्त्तिले उनको चौतर्फी चर्चा भएको थियो ।