
पूर्व युवराज्ञी हिमानी शाहले धेरै उतारचढावहरूको सामना गर्नु परिरहेको छ । भारतको राजस्थानको सिक्का पूर्व सूर्यवंशी राजकुलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले सामाजिक सेवामा सक्रिय छिन् ।
जनतासँग निकै नै सुमधुर र स्वच्छ छवि बनाएकी हिमानीले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नुपर्यो । राजपरिवारको बुहारी र भाविष्यकि रानीको रूपमा हेरिएकी हिमानी सधैँ जनताबिच लोकप्रिय बनिन् ।
सामाजिक सेवामा लागेर नागरिकसँग नजिक बनेकी हिमानीका चाल, चलन र व्यवहार सधैँ जनताका लागि लोकप्रिय बने । युवराज्ञीको हैसियतमा होस् वा सामान्य नागरिक हुँदा, हिमानीका विवादास्पद समाचार कहिले आएन । पति पारस शाहको एकपिच्छे अर्को नकारात्मक समाचारहरू आइरहँदा पनि हिमानीमा कुनै चिन्ताको भाव झल्किँदैन । मनमा हजारौँ पी’डा भए पनि हिमानीले ती कुरा अगाडी ल्याइनन् ।
पतिको बच्पनाले कुन श्रीमतीको मन पोल्दैन र ? तर, हिमानीको मुस्कान टुटेको छैन ।
उनै हिमानीका १० प्रेरणादायी भनाइहरू पढौँ
१) धन नष्ट हुन्छ, सौन्दर्य विलीन हुन्छ, जीवन तेजसँग समाप्त हुन्छ,शक्ति लुप्त हुन्छ तर देश लागि तिमिले गरेको योगदान अजर र अमर रहनेछ । त्यसैले म वा मेरो होइन हामी नेपाली भनौँ , नेपाली बनौँ सम्हालौँ नेपाल मुल्याकंन एक दिन अवश्य हुनेछ ।
२) आत्म गान होइन राष्ट्रगान गर्न पाउ, राष्ट्रकै लागि बाच्न र बलिदान दिन पाउ ।
३) समाजमा भ्रान्ति छरेर निर्दोष लाई दोषी बनाइन्छ निर्दोष वचनका छर्राहरू सहेर पनि आफ्नो विजय हुने दिन यही कुराले मन बुझाएर प्रतीक्षा गरेका हुन्छन् । “सत्य र सूर्य लुकाएर लुक्दैनन्’ ।
४) बदला लिएर होइन बदलिएर देखाऊ !
५) आफन्त तिनै हुन जसले प्रतिकुलतामा पनि कहिले साथ छोड्दैनन् ।
६) राम्रो समयको प्रतीक्षा नगर्नुस् बरु समयलाई राम्रो सँग प्रयोग गर्नुहोस् सफलता अवश्य मिल्नेछ ।
७) राम्रो समयको प्रतीक्षा नगर्नुस् बरु समयलाई राम्रो सँग प्रयोग गर्नुहोस् सफलता अवश्य मिल्नेछ ।
८) कोही गरिब भोको नरहोस् भनी भगवान् त मूर्ति बनी बेचिनहुन्छ भने हामी त मानिस हौ त्यसैले कसैको दुखमा हाँसेर मुख दर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौँ ताकि यस संसारमा कोही दुखी देख्न नपरोस् !
९) यस संसारमा मानिसलाई जन्म दिन जति गाह्रो छ त्यो भन्दा गाह्रो छ मान्छे भएर जिउन ।
१०) कोही गरिब भोको नरहोस् भनी भगवान् त मूर्ति बनी बेचिनहुन्छ भने हामी त मानिस हौ त्यसैले कसैको दुखमा हाँसेर मुख दर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौँ ताकि यस संसारमा कोही दुखी देख्न नपरोस् !