बिल गेट्स त्यो नाम हो जब हामी कम्प्युटरको बारे सोच्छौँ तब उनलाई सम्झिन्छौ। उनलाई कम्प्युटरको पिता मानिन्छ। उनी माइक्रोसफ्ट, विश्वको सब भन्दा ठुलो कम्प्युटर सफ्टवेयर कम्पनीको मालिक हुन । गेट्स एक सफल उद्यमी, लगानीकर्ता, समाजसेवी, कम्प्युटर प्रोग्रामर र आविष्कारक हुन ।
उनले आफ्नो सबै आविष्कारहरू र जीवनको हरेक क्षेत्रमा कम्प्युटरको प्रयोगको कल्पना गर्न एक दूरदर्शी दृष्टिकोणको साथ कम्प्युटरलाई घरेलु उत्पादनमा रूपान्तरण गरे। यहाँ तपाईँलाई उत्प्रेरित गर्न बिल गेट्सका केही प्रेरणादायी भनाइहरू छन्।
१. सफलता एक घटिया शिक्षक हो जसले एक स्मार्ट व्यक्तिलाई यो सिकाउँछ कि उसलाई कसैले हराउन सक्दैन । यो बिल गेट्स ले भनेको चर्चित भनाइ हो । बिल गेट्स ले ठिक भनेका छन् कि सफलताले मान्छेलाई घमन्डी बनाउँछ जब मानिस सफल हुन्छ तब उसले आफूलाई सबै भन्दा शक्तिशाली सोच्न थाल्छ र अन्ततः यही सोच र घमन्डले मान्छेलाई बरबाद गरी दिन्छ ।
२. आफूलाई यस संसारको कुनै अरू व्यक्ति सँग तुलना नगर्नुहोस् । यदि तपाईँले त्यसो गर्नुहुन्छ भने, तपाईँ आफैले अपमान गरिरहनु भएको छ। सबै जना अद्वितीय छन्, र आफू आफू हुनुमा गर्व हुनुपर्छ। सफल हुनु व्यक्तिपरक कुरा हो। जिन्दगीमा सफल हुने बारे होइन जीवनसँग खुसी हुनु बारे सोच्नु महत्त्वपूर्ण छ ।
३. तपाईँको सबैभन्दा दुःखी ग्राहक तपाईँ लाई पाठ सिक्ने सब भन्दा ठुलो स्रोत हो। दुखी ग्राहकले तपाईँलाई परिवर्तन को महत्त्व सिकाउँछन् । दुखी ग्राहकहरूको समूहले परिवर्तनको आवश्यकतालाई जनाउँछ जुन जिन्दगी सुधारको लागि सहयोगी हुन्छ ।
४. जीवन सजिलो छैन – यस्तै जिन्दगीको बानी पार ! जीवन अरूले तयार पारि दिएर प्रयोग गर्न रेडी भएको सामान जस्तो हुँदैन जो सजिलै प्रयोग गर्न सकिन्छ । जीवन दुख कष्ट र समस्याले भरिएको हुन्छ ,जीवनबाट असन्तुष्ट हुनुको सट्टा यसलाई स्वीकार गर्न उत्तम हुन्छ।
५. धैर्यता नै सफलताको एक महत्त्वपूर्ण तत्त्व हो। सफल हुनको लागि, सबैमा धैर्य हुनुपर्दछ, किनकि अवसर कुनै सूचना बिना नै आउने गर्छ ।सफलता एक चोटिको प्रयासमा आउँछ भन्ने कुनै ग्यारेन्टी हुन्न र जबसम्म सफलता प्राप्त हुन्न तबसम्म निरन्तर प्रयास र धैर्यता राख्नु जरुरी छ ।
६. सफलताको उत्सव मनाउ ठिक छ, तर असफलताले सिकाएको पाठलाई ध्यान दिनु त्यो भन्दा नि महत्त्वपूर्ण हुन्छ।
७ . ठुलो जित हासिल गर्न, तिमीले कहिलेकाहीँ ठुलो जोखिम उठाउनु पर्दछ।
८ . म कडा काम गर्न अल्छी मान्छे रोज्छु । किनकि अल्छी मान्छेले यसो गर्ने सजिलो तरीका खोज्न सक्छ ।
९ . यदि तिमिलाई तिम्रो शिक्षक कठोर लाग्छ भने मालिकको प्रतीक्षा गर ।
१० . दुनियाँले तपाइको आत्मविश्वासको कुनै मतलब गर्दैन बस तिमीले काम पुरा गरेऊ गरेनौ यसको मतलब गर्छ ।
११ . आफ्नो गल्तीको दोष अरलाइ नदिनुहोस् बरु गल्तिबाट केही सिक्नुहोस् ।
१२. तिमी जन्मिनु पहिले तिम्रा मातापिता त्यति बोरिङ थिएनन जति अहिले छन् ,तिम्रो हरेक कुराको बिल तिर्दा, तिम्रो कुरा सुन्दा तिम्रो माग पुरा गर्दा उनीहरू बोरिङ भएका हुन् त्यसैले उनीहरूको सम्मान गर ।
१३ . हाम्रो व्यवहार परिवर्तनमा धेरै पैसा लुकेर बसेको छ ।
१४ . ती व्यक्ति महान् परोपकारी हुन् जो बलिदान गर्न पछि पर्दैनन् ।
१५. गरिबलाई सहयोग गर्नु नै धनी हुनु हो ।
१६ . पैतृक सम्पत्तिमा घमन्ड गर्नु मूर्खता हो किनकि त्यो तपाइको आफ्नो कमाइ होइन ।
१७ . म त्यही गर्न मन पराउँछु जे गर्दा मलाइ आनन्द आउँछ ।
१८ . यदि आशा सत्य हो भनेर विश्वास गरियो भने आशा पहिलो श्रेणीको सत्य हो ,काम गर्दा आशावादी हुनु आवश्यक छ ।
१९ . हामी चरम गरिबी र रोग समाधान गर्न सक्दैनौँ ,संसार बिग्रँदै छ भन्ने विश्वास केवल गलत छैन, यो हानिकारक छ।
२०. गरिब भएर जन्मिनु तिम्रो दोष होइन तर गरिब भएर मर्नु तिम्रो दोष हो ।
२१. गरिबमा लगानी गरेर भविष्य दिगो बनाउन सकिन्छ गरिबलाई दुख दिएर होइन ।