
नेपालको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ ।
८१ वर्षीया सिंहको उपचारका क्रममा उनको निधन भएको हो ।
नेपाल बार एशोसिएशनकी पूर्व उपाध्यक्ष उषा मल्ल पाठकले पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र पछि ब्रेन स्ट्रोक भएको जानकारी दिएकी छन् ।
उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।
नी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन् ।
त्यसपछि उनी राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भएकी थिइन् ।
उनको घर काठमाडौंको पकनाजोल हो ।
उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् ।
श्रेष्ठ पनि अस्वस्थ छन् ।
उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।