
काठमाडौं – भारतमा एक ९५ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई जित्न सफल भएकी छिन् ।
भारतको डिन्डुगल बस्ने महिलाले कोरोनालाई जितेकी हुन् । उनी करुर नामक सरकारी अस्पतालमा उपचाररत थिइन् । यो भन्दा अगाडी केरेलाका ९३ र ८८ वर्षीय दम्पतिले कोरोना जितेका थिए ।
कोरोनाभाइरसको उपचार गराइरहेकी चन्दा निको भई बिहीबार अस्पतालबाट डिस्चार्ज भएको भारतिय मिडियामा जनाइएको छ ।
मिडियाका अनुसार कोरोनालाई जितेकी चन्दाका परिवारका ६ जनालाई पनि कोरोनाको संक्रमण देखिएको थियो ।
भारतमा हाल कोरोना संक्रमितको संख्या तिव्र गतिमा त्रढी रहेको छ । भने मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।